एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद !

२०७९ माघ १७ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पार्टी पोलिटब्यूरो सदस्य राजन सीले क्रान्ति पूरा गर्न एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादमा पुग्न सम्पूर्ण पार्टी पङ्ती दृढतापूर्वक लाग्नुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी धौलागिरी ब्यूरोको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त बैठकले आवधिक ६ महिनाको योजनाभित्र जिल्ला गाउँ नगर र सेलसम्म संगठन सुदृढ र विस्तृत गर्ने, आर्थिक उत्पादनको योजना बनाइ सिङ्गो पार्टी पङ्ती आत्मनिर्भर अर्थतन्त्रको लागि अगाडि बढ्ने, राष्ट्रघाती MCC को भण्डाफोर गर्ने, मिटरब्याज, लघुबित्त, चर्कोब्याज, सुदखोर, महङ्गी, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने, जनयुद्ध वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान, दिपावली, शहिदपरिवारलाई भेटघाट र अभिनन्दनसहित रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।
बैठक पार्टी केन्द्रीय सदस्य एवम् ब्यूरो इन्चार्ज विकिरण सीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]