नेकपा दक्षिण कर्णाली ब्युरो जनआधारित पार्टी निर्माणमा केन्द्रित !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले जनतामा आधारित पार्टी संगठन निर्माण गर्ने निर्णय गर्दै सोमबार प्रथम बैठक सम्पन्न गरेको बताइएको छ। उक्त बैठकले पार्टी केन्द्रिय समितिको आवधिक योजना र ब्युरोको स्थितिको बिश्लेषण गर्दै अगाडि बढ्न सो निर्णय गरेको हो। नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन पछि भौगोलिक र साङ्गठनिक रूपमा व्यापक हेरफेर सहित हालै सम्पन्न तेस्रो बैठक पछि भएको दक्षिण कर्णाली ब्युरोको प्रथम बैठकमा ब्युरो ईन्चार्ज संगम सी को अध्यक्षता र स्थायी कमिटी सदस्य विषम सी को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एबं कर्णाली मुक्ती मोर्चाका अध्यक्ष बिराट सी को आतिथ्यतामा सम्पन्न प्रथम बैठकले ब्युरोका नेताहरुको कार्यबिभाजन गर्दै राजनितीक / बैचारिक क्षेत्रमा सबै जिल्लामा पार्टी प्रशिक्षण गर्ने र उत्पादनमा उल्लेख्य काम गर्न पहल गर्ने निर्णय समेत गरेको छ। यस्तै बैठकले मिटरब्याजी र लघुबित्तको शोषणकारी प्रवृत्ति बिरुद्द निर्मम संघर्ष संचालन गर्ने, एमसिसि बिरुद्द संघर्ष गर्ने लगायतका महत्वपुर्ण निर्णय समेत गरेको छ ।
यसैगरी छिट्टै सञ्चालन हुने सामना सास्कृतिक अभियानलाई ब्युरोब्यापी प्रभावकारी बनाउने निर्णय भएको कुरा नेकपा केन्द्रीय सदस्य एबं बाके जिल्ला ईन्चार्ज रणदिप सी ले जानकारी दिएका छन।