‘जन्म, मृत्यु र बिबाह संस्कारबारे नयाँ मान्यता अघि सारेका छौ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा स्थायी कमिटी सदस्य बिषम सी ले क्रान्तिकारीहरुको कम्युनिस्ट सभ्यता निर्माण गर्न नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले जन्म , मृत्यु र बिबाहबारे नयाँ अवधारणा अघि सारेको बताएका छन।पार्टीको पश्चिम गण्डकी ब्युरोद्वारा कास्कीको शहिद स्मारक पार्कमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिषमले यस्तो बताएका हुन। पुरानो सामन्तवादी र पुजीवादी संस्कार – सास्कृतिक मान्यता र अवधारणाहरु जनबिरोधी र यथास्थिति भएको भन्दै कम्युनिस्टहरुले बिरोध गर्दै प्रगतिशील सस्कृति र मान्यता हुनुपर्ने भन्दै आएको भए पनि जन्म , मृत्यु र बिबाहबारे कस्तो सस्कार अबलम्बन गर्ने भन्ने बारे बैकल्पिक मान्यता स्थापित हुन नसकिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले यसबारे नयाँ अवधारणा सार्वजनिक गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले मानिस जन्मेको दिनलाई स्मरण र खुशियालीको रुपमा जन्मदिन मनाउने, मृत्य संस्कारलाई पनि नयाँ रुपमा मनाउने र बिबाह सम्बन्धि नयाँ परम्परा स्थापित गर्ने निर्णय गरेको छ भने नेपालमा बिधमान जात ब्यवस्थामा आधारित समाज र सामाजिक – सास्कृतिक उत्पिडन र बिभेद अन्त्य गर्न मानिसको नयाँ जाति अर्थात सी जाति निर्माण गर्ने निर्णय गरेको थियो।
अन्तराष्ट्रिय गित र शहिदहरुको स्मरण तथा सम्मान स्वरुप १ मिनेटको श्रद्धान्जली सहित शुक्रबार भएको प्रशिक्षणमा ब्युरो इन्चार्ज राजन, केन्द्रिय सदस्य उभार सहितका नेताहरुको सहभागिता रहेको थियो।कार्यक्रमको संचालन उकारले गरेका थिए भने कार्यक्रममा सागर सी ले पार्टीको दस्तावेज र सर्कुलर वाचन गरेका थिए । -निरुता बिश्वकर्मा