नेकपा सुर्खेतले चैत्र २६ गते प्रतिरोध दिवस मनाउने

२०७९ माघ २६ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले आगामी चैत २६ गते प्रतिरोध दिवस मनाउने निर्णय गरेको छ।२०५६ साल चैत २६ गते कालिकोट नरहरीनाथ गाउँपालिका वडा न ६ माल्कोट सेरापाटा कि प्याउली बिश्वकर्मा सहित ६ जना महिलाहरुले तत्कालीन जनयुद्धको क्रममा प्रहरी दमन विरुद्ध राइफल खोसेर प्रतिरोध गरेको दिनको स्मरण र सम्मान स्वरुप नेपाल कम्युनिस्ट पार्टीले प्रतिरोध दिवस मनाउन लागेको हो। सुर्खेत स्थित नेकपाको पार्टी कार्यालयमा सम्पन्न पाचौं बैठकले स्थानीय तहमा भैरहेका भ्रस्टाचार विरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने र समस्या समाधान नभए जनकार्वाहि गर्ने निर्णय समेत गरेको छ।
यस्तै बैठकले बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याज र मिटर व्याज बिरुद्ध जन संघर्ष समेत गर्ने निर्णय गरेको जानकारी श्रोतले दिएको छ।
बुधबार सम्पन्न बैठकमा नेकपा केन्द्रिय सदस्य तथा मध्ये कर्णाली ब्युरो इन्चार्ज बिबेक सी, केन्द्रिय सदस्यहरु धुर्व सी,अर्जुन सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य योजना सी र महिला नेतृ शान्ति सी सहितको उपस्थित रहेको बताइएको छ भने जिल्ला सेक्रेटरी जित सी को अध्यक्षतामा भएको बैठक सकिए लगत्तै नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण गर्दै नेकपाको ६ महिने आवधिक योजनाका लक्ष्य र पार्टी कार्यभारबारे प्रशिक्षण समेत गरेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]