नेकपा प्यूठानले ठग लघुवित्त र मिटरब्याजेलाई कारबाही गर्ने !

२०७९ माघ २६ गते, बिहीबार


काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति प्युठानले चर्काे व्याज असुल्ने वैंक तथा नागरिककाे उठिबास लगाउने लघुवित्त र मिटर व्याजेलाई जनकार्वाहि गर्ने निर्णय गरेको छ।विभिन्न बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र भ्रस्टाचारले नगरिकहरु आतंकित,भयभीत र पीडित भएको भन्दै आज सम्पन्न नेकपा प्युठानको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो। तेस्राे वैठकले फागुन ५ गते चर्काे वैंक व्याजदर र मिटर व्याजका विरुद्व प्रदर्शन गर्ने , फागुन १५ गते चर्काे मूल्य वृद्धिका विरुद्व जनप्रदर्शन गर्ने , फागुन १५ देखि २५ गते सम्म मिटर व्याजी , लघुवित्त र वैंककाे चर्काे व्याजदरका विरुद्व जनकार्वाहि गर्ने , गुणस्तर परिक्षण नगरी आयत गरिने भारतीय कृषिजन्य वस्तुका विरुद्व नाकामा प्रदर्शन गर्ने, समाजमा बढिरहेकाे अनियन्त्रित मदिरापान,लागूऔषध दुर्व्यसनि, जुवातास र भ्रष्टाचार ,तथा सामाजिक विकृतिका विरुद्व संघर्ष गर्ने निर्णय गरेकाे नेकपा प्यूठानका इन्चार्ज जागृती सी ले बताए। त्यस्तै फाल्गुन १ गते जनयूद्व दिवसकाे अवसरमा विभिन्न रचनात्मक कार्यक्रमको रुपमा जेष्ठ कम्यूनिष्ट ,जेष्ठ नागरिक , जनयुद्वका शहिद परिवार,घाइते तथा अपांगयाेद्वा र वेपत्ता परिवारलाइ अभिनन्दन गर्ने, खेलकुद, हाजिरी जवाफ प्रतियोगिता , कविता वाचन,लाेकदाेहरी ,एकल नृत्य लगाएतका कार्यक्रमहरु पनि गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।
नेपाल कम्युनिस्ट पार्टी प्युठानको तेस्रो वैठकमा नेकपा पाेलिटव्यूराे सदस्य तथा पश्चिम लुम्विनी व्यूराे इन्चार्ज सञ्जीव सी ले पार्टीका नेता तथा कार्यकर्तालाई जनतामा गई जनताको आधारभुत समस्यासंग एकाकार हुन र जनताका समस्या समाधान गर्न सहयाेगी भुमिका खेल्न निर्देशन दिदै नेपालमा दलाल संसदिय व्यवस्था असफल भैसकेकाेले अवकाे एकमात्र विकल्प भनेकाे एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु भएकाे बताए ।
प्युठान स्थित जिल्ला सदरमुकाममा भएको बैठकमा नेकपा प्यूठानका सेक्रेटरी परिवर्तन सी र प्रमुख अतिथि एबम पोलिट ब्युरो सदस्य सञ्जीव सी , केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज जागृती सी सहित जिल्ला स्तरीय नेताहरुको सहभागिता रहेको बुझिएको छ। -राजेन्द्र रावत क्षेत्री

प्रतिक्रियाहरु

[anycomment]