नेकपा ईलामले जनबिरोधी हर्कत बिरुद्ध संघर्ष गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी इलामले जनबिरोधी हर्कतबिरुद्ध ससक्त संघर्ष गरेर अगाडि बढ्ने योजना बनाएको छ । सो पार्टीको हालै सम्पन्न बैठकले गाउँ गांउमा लघुबित्तले जनतालाई दुख दिएको, बैंकहरुले मध्यमबर्गिय उधमिहरुलाई दुख दिएको, मिटरब्याजिहरुले पनि सास्ती दिएको जस्ता बिसयमा जनपरिचालन गरेर ससक्त संघर्ष गर्ने निर्णय गरेको हो । बैठकले सरकारी कार्यलयमा देखिएको अनियमितता, हाईड्रोपावरहरुको अनियमितता र प्राकृतिक श्रोतको अनियन्त्रित दोहन लगायत बिरुद्धमा ससक्त संघर्ष गर्ने नेकपा ईलामले निर्णय गरेको छ ।
बैठकमा पार्टिका मेची ब्युरो ईन्चार्ज सुमनसिंह सि, केन्द्रीय सल्लाहकार समिती सदस्य होम सिको उपस्थिती रहेको थियो । बैठकमा सुमनसिंहले सत्ताको दमन र शोसणकारी रबैयाको कारण जनता आक्रांन्त भएको र यसको प्रभाव ईलामको विभिन्न क्षेत्रमा देखिएको हुनाले जनतालाई उठाएर ससक्त संघर्ष उठान गर्नु पर्ने बताए । उनले पार्टी पंक्ती कस्तो हुनु पर्छ भन्ने बिसय राख्दै, अब यो देशको जिम्मा लिन सक्ने स्तरमा पार्टी पंक्तिको गुणलाई उठाउनु पर्ने, जनतामा आधारित, जनताले बिश्वास र भरोसा गर्न सक्ने जनताको साथी जस्तो पार्टी बनाउनु पर्ने ब्युरो इन्चार्ज सुमनसिंह ले बताए । उनले इलामको सन्दकपुरमा भारतिय पक्षको ज्यादती बिरुद्ध ईलामका जनता लडिरहेको छ भन्ने भाव सहित इलामे जनताको बिरता प्रतिक स्थापना गर्नु पर्ने बताए ।
बैठकमा होम सिले इलामको समग्र बिसयको कुरा राख्दै पार्टिलाई धारिलो, आत्मबिश्वासी, र दृढ बनाउन भुमिका खेल्नु पर्ने बताए । बैठकमा पार्टी केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज मौसम सिको उपस्तिथि थियो भने । जिल्ला सेक्रेटरी नवराज सिले संचालन तथा अध्यक्षता गरेका थिए ।