अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नयाँ जनवादी क्रान्तिप्रति दृढ

२०७९ फाल्गुन १ गते, सोमबार


काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान् दश वर्षे जनयुद्धको जगमा सशस्त्र जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने सामरिक कार्यदिशाका साथ क्रान्तिको तयारी गरिरहेका नेपालका क्रान्तिकारी माओवादी पार्टीहरुले नेपाली क्रान्तिका लागि मुख्य बाधकको रुपमा खडा हुन पुगेको दक्षिणपन्थी संशोधनवादीहरुलाई वैचारिक रुपमा ध्वस्त पार्दै दृढतापूर्वक अपचलित रुपमा अगाडि बढ्ने विस्वास व्यक्त गरेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जनयुद्ध दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्। उनले विज्ञप्तिमार्फत महान् नेपाली नयाँ जनवादी क्रान्ति विषय प्रति अगाध विस्वास रहेको दृढता प्रकट गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र आममुक्तिकामी जनसमुदायप्रति साथ र सहयोग रहिरहनेसमेत जनाएका छन ।

प्रतिक्रियाहरु

[anycomment]