नेकपा सुर्खेतद्वारा उद्योग वाणिज्य संघ ,घरेलु तथा साना उद्योग र नेपाल निर्माण व्यवसायीसँग छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बैंक, लघुबित्त, मीटर ब्याजलगायत समसामयीक विषयमा उद्योग वाणिज्य संघ सुर्खेत ,घरेलु तथा साना उद्योग व्यवसायी र नेपाल निर्माण व्यवसायी संघसँग संयुक्त रूपमा छलफल गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको कार्यालयमा ईन्चार्ज धुर्ब सी र जिल्ला सचिव जीत सी को उपस्थितिमा सो छलफल भएको बताइएको छ।
उक्त छलफल कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य सघंका लक्ष्मण कडेल, घरेलु तथा साना उद्योगका प्रतिनिधी ब्रम एडि ,नेपाल निर्माण व्यवसायी संघका चित्रनाथ योगीलगायतको सहभागिता रहेको थियो ।
