नेकपा पाँचथरले संघर्ष चर्काउने !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पाँचथरले जनताको जीवनमा पैदा गरिएका संकटहरु विरुद्ध संघर्षलाई अगाडी बढाउने बताएको छ ।
सो पार्टीको हालै सम्पन्न चौथो पुर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ। नेपाल कम्युनिष्ट पार्टी पाँचथरको चौथो पुर्ण बैठकले गरेका निर्णयहरु यस प्रकार रहेको छ – ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी पाँचथर जित्ला समितिको चौथो पुर्ण बैठक पार्टीका जिल्ला सेक्रेटरी क. हुकुम सीको अध्यक्षतामा एवम् पार्टीका मेची व्युरो इन्चार्ज क. सुमन सिंह सीको प्रमुख आतिथ्यता र पार्टीका पाँचथर जिल्ला इत्चार्ज क. सन्तोष सीको उपस्थितीमा यहि फाल्गुन ३ गते बैठक सम्पन्न भयो।
यतिवेला दलाल पजीवादी संसदीय व्यवस्थाको सबैले देख्नेगरी असफल सावित हुँदै गएको छ। नागरिकहरुको जीवनमा यो सत्ताले भयानक संकट, शोषण, अन्याय, अत्याचार दमन र विभेदहरु दिनानुदिन जवरजस्त रुपमा लादिरहेको छ। जनताहरु आक्रान्त छन् र जनताको एउटा हिस्सा आन्दोलित हुँदै जाने प्रक्रियाको थालनी भएको छ। राज्य सत्ताको यो चरम संकट र असफलतालाई ढाकछोप गर्दै नयाँ रङ्ग र आवरणमा यो सत्तालाई यो आफ्नै कठपृत्तली बनाइरहन पश्चिमा शक्तिकेन्द्रहरुको योजना पालनमा नयाँ नयाँ पात्रहरु खडा गरेर निरन्तर लागिपरेका छन्। आफूनो कुर्सि लुट मच्चाउने माध्यमको समाप्ति हुने डरमा संसदवादीहरु प्रत्येक दिन जनताको आँखामा छारो हाल्न अनेका अनेक कपोकल्पित भ्रम पैदा गर्दै गएका छन्। यसको हल एउटैमात्र उपाय केवल जनताको हातमा राज्य सत्ता र वैज्ञानिक समाजवाद प्राप्तिबाट मात्र सम्भव छ । संसदवादी दल र शक्तिहरु उनिहरुका कठपृतली गोठालाको रुपमा काम गरिरहेका छन्। हाम्रो प्रार्टी यो देशमा यतिबेला पश्चिमा लगायतका विदेशी शक्ति केन्द्रहरुले पैदा गर्न सक्ने विभिन्न खाले षडयन्त्र बाट देशलाई बचाउन नेपालका संसदवादीहरुले नयाँ नयाँ पात्रहरु
मार्फत जनतामा पैदा गरिएका ग्रमबाट जनतालाई मुक्त गर्दै नेपालमा सत्ताको जुन देखापरेको चरम संकटलाई देश र जनताको अनुकुलतामा बदल्नु पर्नै अभिभारा हाम्रो काधमा आएको छ। देशको रक्षा र श्रमजिवि जनताको सत्ता निर्माणको जिम्मेवारी हाम्रो पार्टीले पुरा गर्नेछ। यिनै सन्दर्भमा बहस छलफल गर्दै हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी पाँचथर जिल्लाको चौथो बैठक बसि जनताको जीवनमा पैदा गरिएका संकटहरु विरुद्ध विभिन्न खाले संघर्षलाई अगाडी बढाउने निर्णय गरिएको छ।
निर्णयहरु:
१. पार्टीलाई जनआधारित पार्टी बनाउने गरी संगठन विस्तार गर्ने।
२. देशै भरीका आस जनतालाई व्रहण लगानीको नाउँमा घरवार विहिन बनाउने आत्महत्या सम्स गर्न बाध्य बनाउने , लघु वित्तय संस्थाहरु पाँचथरमा पनि सक्रिय रही महङ्गो व्याज किस्ता असुल्दै विभिन्न समुह बनाउ जनाताको श्रमबाट आजित विकेन्द्रिकृत पुँजीलाई केन्द्रिकृत गर्ने नाउँमा आर्थिक ब्रम्ह लुट गरेको हुँदा यी यस्ता कार्य तत्काल रोक्न र जनताको ज्यानधनको सुरक्षाको लागि फाल्गुन ५ गतेबाट निरन्तर सघर्ष गर्ने र यस्ता वित्तिय संस्थालाई राज्यबाट तत्काल नियमन गरी खारेज गर्न समेत दवाब मुलक सघर्ष गर्ने साथै पिडितहरुलाई संगठित गर्ने।
३. लागु औषध कारोबारी तथा दुर्व्यसनी को पहिचान गरी सचेतना र जागरण सहितको कारवाही गर्ने।
४. पाँचथरबाट चल्ने लामो तथा छोटो दुरीका यातायात व्यावसायहरुले मनोमानी भाडा असुली रहेको हुँदा सम्बन्धित निकायसँगै छलफल गरि उचित भाडादर निर्धारणका लागि छलफल गर्नै यदि हाम्रो आग्रहलाई वेवास्था गरे कडा संघर्षमा उत्रिने।
३.पाँचथरमा संचालित र निर्माणधिन अवस्थामा रहेका हाइड्रोपावर प्रा.लि. ले स्थानिय जनता सँग गरेको सहमति अनुसार विकास निर्माण प्रर्यावरण सामाजिक कार्य नगरी प्राकृतिक श्रोत साधनको दोहन समेत गरेको ले त्यसका विरुद्ध स्थानिय जनतालाई साथमा लिई शशक्त संघर्घ गर्ने।
६. पाँचथरका सम्पुर्ण स्थानिय तहमा देखिएका भ्रष्टाचार कमिसन र अपारदर्शिताको विरुद्धमा जन गुनासो सुनी आवश्यक संघर्ष अगाडी बढाउने।
७. यहि फाल्गुन १४ गतेबाट सुरुहुने सहिद सप्ताहको अवसरमा परिवर्तनका लागि पाँचथरबाट वलिदान गर्नुहुने शहिदहरुको सम्मान र सम्झनामा फिदिम न.पा. भित्र सहिद स्मृति प्रतिक्षालय निर्माण कार्य अगाडी बढाउने निर्णय गरियो। ‘