कपिलवस्तुको चन्द्रौटामा वित्तीय संस्थाको ज्यादतीविरुद्ध प्रदर्शन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले पश्चिम कपिलवस्तुको चन्द्रौटा बजारमा प्रदर्शन गरेको छ।पार्टीको केन्द्रीय नीति अनुसार आज देशभर बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध प्रदर्शन गरिएको छ । यसैअन्तर्गत कपिलवस्तु पश्चिम लुम्बिनी ब्युरो अन्तरगत कपिलवस्तु को चन्द्रौटामा आज प्रदर्शन गरेको हो । वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर्न, राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे, मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको व्याज मिनाहा गर लगायतका नारासहित प्रदर्शन गर्न लागिएको नेकपाका केन्दीय सदस्य हेमन्त सीले आफ्नो मन्तब्य राखेका थिए।पार्टीको पहिलो योजना हो यसलाई कार्यनय भएन भने थप पार्टीले संधर्ष गर्ने बताएका छन
‘एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी ब्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरेका थिए पश्चिम कपिलवस्तु जिल्ला जिल्ला नम्बर दुइका इन्चार्ज हेमन्त सीले जनाएका थिए।
कपिलवस्तु पश्चिम जिल्ला नम्बर दुईले कपिलवस्तु को चन्द्रौटा बजारमा यो पहिलो संगर्षको कार्यक्रम हो उनको भनाई छ । बैंकहरुको चर्को व्याज, सेवा शुल्क र लघुवित्त संस्थाहरुले गरेको शोषण विरुद्धमा नेकपाले देशभर प्रदर्शन गर्न लागेको हो ।
पश्चिम लुम्बिनी ब्युरो इचार्ज नेपाल कम्युनिस्ट पार्टीका पि बि एम संजिव सी कोणसभाको प्रमुख बक्ताको रुपमा रहेका थिए उहाले नेपाल दलाल हरुको भुमन्डलीकृत रहेको बताएका छन देशमा भएको यो चर्को मूल्य बिर्दिले र लघु बित्तिय संस्था का कारण दैनिक आफ्नो अमूल्य ज्यान गुमाउन पुगेका छन त्यसको बारेमा हामी हाम्रो जिल्ला बाट आज देखि यस्ता दलाल हरुलाई प्रतिबद्ध भएको घोसणा पनि गरेका छन।हरेक दलाल को कमिसन सिंहदरबार मात्रै सिमित रहेलो जिगिर पनि गरेका छन।यसलाई १५ दिनमा जन्ताहरुको माग पूरा नगरेमा थप कडाईकाथ लैजाने पनि बताएका छन।बिरोध प्रदशनको सन्चालन पश्चिम जिल्ला सचिव पाबेल सीले गरेका थिए।
-मनबहादुर सहकारी कपिलवस्तु