युवा संगठन नेपालद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

२०७९ फाल्गुन १० गते, बुधबार

काठमाडौ । युवा संगठन नेपालले प्रधानमन्त्री प्रचण्डलाई वैदेशिक रोजगार ब्यवसायीहरुले निम्त्याएका समस्या , बित्तीय संघ संस्थाले निम्त्याएका र मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरुको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। सो संगठनको केन्द्रिय समितिको पाँचौ बैठकले तय गरे अनुसार बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ भने देशका सबै जिल्ला प्रशासन कार्यालयहरुमा समेत सो ज्ञापन पत्र बुझाइएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]