नेकपा झापाद्वारा लघुबित्तमाथि प्रतिबन्ध, बैंक तथा मिटरब्याजिलाई चेतावनी

२०७९ फाल्गुन १२ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले लघुबित्तमाथि प्रतिबन्ध, बैंक तथा मिटरब्याजिलाई चेतावनी दिएको छ। सो पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्,। उनीहरुले यतिबेला बैंक, लघुवित्त संस्था र मिटरव्याजिहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगि व्यवशायीहरु आक्रान्त बनेको र ऋण अशुलिको नाममा लघुवित्त संस्था, मिटर व्याज र बैंकहरुले गाँउ गाँउ गएर जनतालाई भौतिक र मनोवैज्ञानिक दमन गर्ने कार्य तिब्र पारेको भन्दै उक्त कार्य बन्द गर्न चेतावनीसमेत दिएका छन् ।
बैंक तथा वित्तीय संस्थाका कारण नागरिकहरु आत्महत्या गर्ने अवस्थामा पुगिरहेको भन्दै जनतालाई यो स्थितिमा पुर्याउने यस्ता वित्तीय संस्था र यस्ता अपराधीक गतिबिधिलाई संरक्षण गर्ने कमिशनखोर राज्य सत्ताका यस्ता रवैयाहरु खुंकार अपराध नै भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,- “देशलाई पराधिनताको दुश्चक्रमा फसाउदै आर्थिक संकटको दलदलमा फसाइ सकेको यो दलाल पुँजिवादी संसदीय सत्ताबाट जनताले कुनै अपेक्षा गर्ने स्थिति छैन । बैंक तथा वित्तीय संस्थाहरुले यो विषम परिस्थीतिमा व्याजदर एक अंकमा घटाई सहज र सरल ढंगले ऋण तिर्ने वातावरण बनाउनु पर्छ । मिटर व्याजी टोले गुण्डाहरुले गुण्डागर्दी सहितको आफ्नो मिटरव्याज गतिविधि तुरुन्त रोक्न पर्छ । झापा जिल्लामा हाम्रो पार्टी यि सबै विषयलाई मध्यनजर गर्दै बैंक, लघुवित्त संस्था र मिटरव्याजिहरुलाई चेतावनि दिदै जनताको विचमा संघर्षशिल छ । हामि जनतालाई सहज रुपमा बांच्न दिन, काम गर्ने वातावरण दिन र एक अंकको ब्याजमा सरल तवरले ऋण तिर्ने वातावरण बनाइदिन सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गर्दछौं । साथै जनताको निम्ति परिस्थिति सहज नबनाउन्जेल लघुबित्त संस्थाहरुलाई गांउ प्रबेशमा रोक लगाउँदै प्रतिबन्धित गरेको घोषणा गर्दछौं । बैंकहरुलाई जनतालाई नसताउन र सरल ढंगले ऋण तिर्ने वातावरण बनाउन साथै मिटरव्याज हरुलाई आफ्नो लुटेरा धन्दा तुरुन्त रोक्न, अन्यथा जनताको प्रतिरोध भोग्न तयार रहन चेतावनि दिन चाहान्छौं ।
आफुहरुमाथि भएको चर्को शोषण विरुद्ध शसक्त संघर्ष गर्न आवश्यक रहेको यो परिवेशमा आम जनतालाई संघर्षमा आउन अपिल गर्दछौं । साथै हाम्रो पार्टी जनताको विचमा रहेर संधै जनताको संघर्ष र विद्रोहको नेत्रित्व गर्ने प्रतिबद्धता समेत पेश गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]