‘विदेशी हस्तक्षेप राेक्न र देशलाई निकास दिन युवाहरूको भूमिका महत्त्वपूर्ण ‘

२०७९ फाल्गुन १५ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले विदेशी हस्तक्षेप राेक्न र देशलाई निकास दिन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन । आइतबार युवा संगठन नेपालको मेची र काेसी ब्युरोकाे संयुक्त बैठकलाई सम्वाेधन गर्दै यस्तो बताएका हुन । उनले देश गम्भीर संकटमा फसेको र जनताले असाध्यै दुःख पाएको भन्दै सिंगो देशको नेतृत्व लिन नेपाल कम्युनिस्टमा लामबद्व युवाहरू तयार हुनुपर्ने बताए । उनले देश र जनतामाथि दलाल संसदीय पूँजीवादी व्यवस्थाले गरिरहेको अन्याय अत्याचारका विरूद्व युवाहरूले विद्राेह गर्नुपर्ने बेला आएको भन्दै सबै देशभक्त, बामपंथी र प्रगतिशील युवाहरूलाई संगठित हुन आग्रह गरे ।
नेता सुमनसिंह सीले बैंक तथा वित्तीय संस्था र मिटर ब्याजीहरूले गरेको शाेषण विरूद्व युवाहरू गर्जिन अपिल गरे ।
बैठकले बैंक तथा वित्तीय संस्था र मिटर ब्याजीहरू विरूद्व संघर्ष गर्ने देखि लागू औसतमा फसेकालाई सुधार गर्ने, उत्पादनमा जाेड दिने र राष्ट्रिय स्वाधीनताकाे पक्षमा संघर्ष गर्ने लगायतको निर्णय गरेको छ ।
यस्तै बैठकले पूर्वी क्षेत्रमा युवाहरूको विशाल पंक्ति निर्माण गरि बैशाखमा जनसभा गर्ने निर्णय गरेको छ । बैठकमा नेकपाका झापा जिल्ला इन्चार्ज प्रशान्त सी, युवा संगठन नेपालका केन्द्रीय काेषाध्यक्ष सुवास सी लगायतको सहभागिता रहेको थियो । संगठनका काेसी ब्युरो इन्चार्ज आकाश सीकाे अध्यक्षतामा सम्पन्न भएको बैठकको संचालन संगठनका मेची ब्युरो इन्चार्ज प्रशान्त सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]