मीटरब्याजीलाई जनकारवाही गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बढ्दो महंगी, भष्ट्रचार,बैंकको चर्को ब्याज,लघुवित्तको बदमासी र मीटरब्याजीको अवैधानिक कारोबारबिरुद्ध सुर्खेतको वीरेन्द्र नगरमा प्रर्दशन गरेको छ । प्रर्दशन एरिचोक हुँदै मंगलगढी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभालाई केन्द्रीय प्रतिनिधी समिति सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी जीत सीले सम्बोधन गरेका थिए । संविधानका क्रममा सेक्रेटरी जीतले लघुवित्त, बैंक ,मीटरब्याजीलाई राज्यले कारबाही नगरे जनतासहित नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गर्ने चेतावनी दिएका थिए।