‘दलाल पुँजीवाद ब्यबस्था रहेसम्म महंगी कालोबजारी तस्करी रहिरहन्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबं बाँके ईन्चार्ज रणदिपले दलाल पुँजीवाद ब्यबस्था रहेसम्म महंगी , कमिसनखोर तस्करी भ्रष्टाचारीले बैधानिक पेशा बनाएर जनतामाथी राज गर्ने ठोकुवा गरेका छन । नेकपा बाँकेले बढ्दो महंगी, भष्ट्रचार,बैंकको चर्को ब्याज,लघुवित्तको बदमासी र मीटरब्याजीको अवैधानिक कारोबारबिरुद्ध अायोजना गरेको बिरोध सभामा बोल्दै सो ठोकुवा गरेका हुन्।
नेता रणदिपले बर्तमान सरकार र यसको नेतृत्व गर्ने पार्टीहरुको लागि नेपाली जनताले गर्नुपर्ने सबै योगदान गरिसकेको भन्दै तर सरकार र सत्ताधारी पार्टीहरुले जनतालाई झन झन् महंगी ,भ्रष्टाचार, तस्करी, कालोबजारी जस्ता अत्यचार उपहार दिईरहेको बताए । उनले यी तमाम समस्याको अन्त्य बैज्ञानिक समाजवादले मात्र गर्ने बताए। बिपिचोकबाट सुरु भएको बिरोध -याली धम्बोजी चोकमा आएर कोणसभामा परिणत भएको उक्त कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी कल्पनाले गरेकी थिइन् ।