नेकपा अछामद्वारा शहिद परिवारलाई सम्मान

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी अछामले शहिद सप्ताह कार्यक्रम अन्तर्गत शहिदका परिवारका आफन्तजनलाई सम्मान गरेको छ । शुक्रवार नेपाल कम्युनिस्ट पार्टी कमलबजार नगर कमिटीको अछामको आयोजनामा नगरपालिका भित्रका शहिद परिवारका आफन्तलाई सम्मान गरिएको हो । उक्त नगरपालिका २ बजुुडाका नेत्र भण्डारी , ५ का बृखराज तिमिल्सेना, ६ बिरपथका भीम बहादुर शाही,छत्र बहादुर शाही, ७ का फर्किरसिङ विक र वडा नम्बर ८ का अम्मर चलाउने,टेक कामी,धाङडे दमाई,जहरसिङ चलाउने र प्रेम भण्डारी सहित १० जना शहिद परिवारका आफन्तलाई तामाको अंखोरा,थाली सहित टिका लगाएर सम्मान गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला इन्चार्ज मिना सि ले कार्यक्रमलाई सम्बोधन गर्दै देश र जनताको लागि रगत पसिना बगाएर आफनो जीवन समर्पण गर्ने व्यक्तिलाई शहिद घोषणा गरिनु पर्ने बताइन । जनताको पक्षमा रहेर पार्टीले आफ्ना गतिविधि अगाडी बढाउने बताउँदै सिले शहिदहरूले बोकेका सपना पुरा गर्न आफुहरु लागि परेको बताएकि हुन ।
जनयुद्धका महान् सहिदलाई श्रदासुमन अर्पण गर्दै सिले श्रमिकहरूको श्रम शोषण गरिखाने दलालहरूलाई ठिक ठाउँमा उभ्याउन पार्टी प्रतिबद्ध रहेको बताइन ।
उक्त पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य लोकेन्द्र सिले शहिद परिवारलाई राज्यबाट कुनै पनि सेवा सुविधा प्रदान नगरिनु दुखत कुरा भएको बताउँदै सिले स्थानीय सरकार संघ तथा प्रदेश सरकार शहिद परिवार प्रति उत्तरदायी बन्न सक्नुपर्ने बताएका छन । जनयुद्धका महान् शहिदलाई श्रदासुमन अर्पण गदै सिले शहिदका सपना पुरा गर्ने कुरामा आफुहरु एक कदम पनि पछि नहट्ने बताएका छन । नगर इन्चार्ज निर्मल सिको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सी अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य तथा पूर्वी अछाम जिल्ला सचिव लोकेन्द्र सिले रहनुभएको थियो।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य पदम सी कमलबजार सेक्रेटरी कमला सी सन्चालन गर्नुभएको कार्यक्रममा शहिद परिवारका आफन्त पार्टीमा आस्थावान् नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । -खेमराज बुढा