‘धेरैलाई भन्दा एउटालाई किन्न सजिलो हुने भएकोले कार्यकारी रास्ट्रपतिको बहस’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसा विभाग इन्चार्ज अनिल शर्मा विरहीले संसदिय व्यवस्थाका धेरै सांसदहरु किन्नु भन्दा एकजनालाई किनेर काम गराउन सहज हुने भएकोले बिदेशीहरुले कार्यकारी रास्ट्रपतिको कार्ड फाल्न लागेको बताएका छन।जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेशद्वारा कैलालीको लम्कीमा आयोजित आधारभुत पत्रकारिता तालिमको उध्घाटन गर्दै नेता शर्माले यस्तो टिप्पणी गरेका हुन।
देशमा राजनीतिक अस्थिरता , आर्थिक सङ्कट र सामाजिक असुरक्षा बड्दै गएर उत्पन्न भएको अर्थराजनीतिक संकटका कारण मजदुर , किसान , विद्यार्थी र उद्योगी व्यावसायी समेत सडक आन्दोलन गरिरहेको बेला विद्यमान समस्याको समाधान व्यक्ति बदलेर गर्ने वा व्यवस्था बदल्ने भन्ने बारे वहस छलफल चलिरहेको स्थितिमा बेदेशीहरु मुख्यतः पश्चिमाहरुले कार्यकारी रास्ट्रपतिको बहसमा ध्यान केन्द्रित गर्न खोजेको नेता शर्माको बिश्लेषण छ। महङ्गी, भ्रष्टाचार , ब्यापारघाटा,चर्को ब्याजदर जस्ता आर्थिक समस्याहरू चुलिदै गएर नागरिकहरू आत्मदाह गरिरहेको खवरहरु सार्वजनिक भैरहेको सन्दर्भमा संकटको मोचन गर्न कार्यकारी रास्ट्रपतिको एजेन्डामा जनताको ध्यान विषयान्तर गर्न खोजे पनि देशमा आत्मनिर्भर अर्थतन्त्रको बिकास नहुनु, रेमिटेन्स , वस्तु तथा सेवाहरुको अस्वभाविक आयात र मुलुकको अर्थप्रणालीमा दलाल पुजीवादी उत्पादन सम्वन्धको संरचनागत परिवर्तन नगरि उल्लेखित प्रणालीमा संसदिय पद्धति होस् वा रास्ट्रपतिय भन्ने कुराले तात्विक अन्तर हुन नसक्ने कुरा विश्लेसकहरुको बुझाई छ।
जनपक्षीय पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले शनिबार सुदुरपश्चिम संयोजक धर्म सिंह बिश्वकर्मा धिरजको अध्यक्षतामा प्रारम्भ भएको कार्यक्रममा नेकपा केन्द्रिय नेताहरू भगत सिंह, समर सी, प्रकाश सी, दर्शन सी , एण्डिज सी, कमल सी, केन्द्रिय प्रतिनिधि समिति सदस्यहरु बिनोद, के बी, बिरु, दिल बहादुर , महिला नेतृ सुनिता, विद्यार्थी नेता लोकेश लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रममा खेम बुढाले स्वागत मन्तव्य र गणेश एसकेले सञ्चालन गरेका थिए।कार्यक्रम आगामी ५ दिनसम्म सञ्चालन हुने बताइएको छ।