सत्य निरुपण संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय

२०७९ फाल्गुन २५ गते, बिहीबार

काठमाडौं । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा द्वन्दकालिन मुद्धा दर्ता भएलगत्तै सरकारले संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको हो । यसैगरी, खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]