नेकपाका नेता विषम सीद्वारा स्याउ उत्पादन बगैंचाकाे अनुगमन

२०७९ फाल्गुन २९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले पार्टीको केन्द्रीय स्याउ उत्पादन बगैंचाकाे अनुगमन गरेका छन ।
आइतबार मुगुकाे शाेभामा १० राेपनिमा शुरू गरिएको पार्टीको केन्द्रीय स्याउ उत्पादन बगैंचाकाे नेता विषम सीले अनुगमन गरेका हुन । पार्टी केन्द्रकाे आर्थिक सहयोग, मुगु जिल्ला पार्टी र स्थानीय जनताको श्रमदानबाट अहिले ५ सय स्याउ र १ सय ओखरकाे बाेटा लगाइएको छ ।
पार्टीको आत्मनिर्भरताको सिद्धान्तलाई अगाल्दै पार्टीकै नाममा जग्गा खरिद गरि जनश्रमदान सहित ६ लाखको आर्थिक लगानीमा केन्द्रीय स्याउ उत्पादन बगैंचा शुरू गरेको उत्तर कर्णाली ब्युरो इन्चार्ज संगमले बताए । नेता विषमले एकीकृत जनक्रान्ति सफल पार्न पार्टीमा नयाँ प्रणालीको बिकास गरेकाे बताउदै त्यसै अनुसार मुगु जिल्ला पार्टीले उत्पादनमा राम्रो बिकास गरेकोमा धन्यवाद दिदै पार्टी केन्द्रले यसलाई थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले जिल्ला पार्टीलाई आफ्नै उत्पादन गरेर आर्थिक रूपमा बिकास गरि आत्मनिर्भर हुन अझै उत्पादनमा जाेड दिन निर्देशन दिए । बगैंचा अनुगमनमा उत्तर कर्णाली ब्युरो इन्चार्ज संगम सी र स्थानीय बगैंचा व्यवस्थापन समितिको सहभागिता रहेको थियो ।

  • कर्ण विश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार