श्रमिक समुदाय मोर्चाले अपमानजनक थर सच्याउन अभियान चलाउने

२०७९ चैत्र ३ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपालले श्रमिक समुदाय( दलित समुदाय)का अपमानजनक रुपमा राखियका थरहरु सच्याउन दबावमुलक अभियान सञ्चालन गर्ने बताएको छ।मोर्चाको मध्ये कर्णाली ब्युरोको बिहिवार सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न प्रथम बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कर्णालीका जिल्लाहरुमा संगठन बिस्तार गर्ने, सी जाति निर्माण र यसको संस्कार सँस्कृतिलाई स्थापित गर्न अन्तर्कृया र छलफल गर्ने निर्णय समेत गरेको छ। सरोज सीको अध्यक्षतामा भएको बैठकमा मोर्चाका अध्यक्ष रामलाल सी, नेकपा केन्द्रिय सदस्यहरु बिबेक सी, धुर्व सी र जिल्ला सेक्रेटरी जीत सीको सहभागिता रहेको बताईएको छ।

प्रतिक्रियाहरु

[anycomment]