बेनीमा वैज्ञानिक समाजवाद लागि सामना जनसंगीत अभियान सम्पन्न

काठमाडौं। ‘वैज्ञानिक समाजवाद लागि सामना जनसंगीत अभियान’ म्याग्दीको बेनीबजार सम्पन्न भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामना परिवारले संचालन गरेको वैज्ञानिक समाजवाद लागी सामना अभियान म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर ७ विरेन्द्र चोकमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सी, म्याग्दी जिल्ला इन्चार्ज उषा सी, अखिल (क्रान्तिकारी) का धौलागिरी ब्युरो लक्ष्मण सी लगाएत सयौं जनसमुदायहरुकाे उपस्थिमा कार्यक्रम भएको थियोे । कार्यक्रम सामना परिवारले गीत, नृत्य, नाटक प्रस्तुति गरिएको थियोे ।
कार्यक्रममा बोल्दै विकिरणले जनताका निम्ति काम गर्छु भनेर गएका कांग्रेस, एमाले, माओवादीहरुले देश खोक्रो बनाएकाे बताएका छन् । अहिलेकाे मुख्य समस्या भनेको दलाल पुजीवादी संसदीय व्यवस्था भएकोले यसको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउनका लागि सबै श्रमजीवी, देशभक्त, महिला, युवा, जनजाति एकजुट हुन आह्वान समेत गरे । उक्त मध्य पहाडी राजमार्गमा क्षेत्रमा चल्ने अभियानको नेतृत्व आरोह सीले गरेका छन् ।