कोशी प्रदेश नामाकरण विवादबारे छानबिन समिति गठन

२०७९ चैत्र ११ गते, शनिबार

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको आव्हानमा आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न छानबिन समिति गठन गर्ने भएको छ । छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउन निर्देशन दिनुभएको सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ ।
कोशी नामकरणविरुद्धमा गत चैत ५ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको लाठी प्रहारबाट पदम लिम्बु लाजेहाङको मृत्यु भएको थियो । लाठी प्रहारबाट गम्भीर घाइते लिम्बुको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । आन्दोलनकारीहरुले मृतक पदम लिम्बूलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]