‘जसले अन्यायको विरुद्ध आवज उठाउँदैन त्यसले मुक्ति पाउँदैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य तथा जनवर्गिय सँगठनको फ्याक्सन इन्चार्ज शिलु सीले जसले अन्याय र बेथितिको विरुद्ध आवाज उठाउँन सक्दैन त्यसले मुक्ति कहिलै पाउन नसक्ने बताएकी छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय अभियानकै सिलसिलामा शनिबार काठमाडौँको कपुरधारास्थित पार्टी ब्युरो कार्यालयमा यातायात तथा ढुवानी मजदुर संघको भेलालाई सम्बोधन गर्दै श्रमिकको अधिकारको प्रमुख बाधक असफल सँसदिय व्यवस्था र यसबाट उत्पन्न ट्रेड युनियन अर्थवाद मालिकको दास नीति रहेको बताइन् । उनलेे मजदुरको अधिकारका लागि गठन गरिएका विभिन्न मजदुर सँगठन र तिनका नेताहरुले मजदुरबाट प्रतिनिधित्वको प्रपन्च रचेर मालिकसँगको दलाली गरेकै कारण मजदुर आन्दोलन ओझेल परेको र यसको नियमन निकाय नै खराबी भएका कारण असफल सँसदिय व्यवस्थाबाट श्रमिकको अधिकार सुनिश्चित नहुने ठोकुवा गरिन् । तर अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र यसको मातृपार्टी त्यसो नभई मजदुरका आधारभूत माग सँघर्षमार्फत दिलाएरै छाड्ने बताएकी छन् ।
राम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन किरण सीले गरेका थिए भने भेलामा पार्टी स्थायी कमिटी सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज शिलु सी, महासंघका केन्द्रीय सदस्य श्याम सी लगायत महासंघका केन्द्रीय सदस्यको उपस्थिति थियो ।
उक्त भेलाबाट राम बहादुर बस्नेतको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गर्नुका साथै भेलाले मजदुरको तत्कालीन कामबारे विभिन्न निर्णय गरेको छ ।