अखिल नेपाल क्रान्तिकारी महिला संघ कास्कीको अध्यक्षमा दिपा लामा

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी महिला संघ कास्कीको प्रथम भेलाले दिपा लामाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा पुर्णा खड्का, सचिवमा चन्द्राकला पौडेल, सह—सचिवमा रुपा परियार र कोषाध्यक्षमा मिना विश्वकर्मालगायत रहेका छन।
२२ औं जेलब्रेक दिवसको अवसर पारेर कास्कीको पोखरामा सम्पन्न भएको उक्त भेलालाई सम्बोधन गर्दै नेकपाका पोलिटव्युरो सदस्य तथा पश्चिम गण्डक व्युरो इन्चार्ज राजन सी ले २०५७ चैत्र १७ मा गोरखामा भएको जेलब्रेक ऐतिहासिक भएको र जेलब्रेकले नेपाली महिलाहरुको भूमिका जनयुद्धमा कस्तो थियो भन्ने कुराको प्रदर्शन गरेको बताए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उभार, जिल्ला सेक्रेटरी काजी, युवा संगठनका गण्डक व्युरो इन्चार्ज युवराज, जिल्लका नेताहरु कमल, खुशीमान र अमृतले शुभकामना मन्तव्य राखेका थिए भने सोममायाले प्यानल प्रस्ताव तथा सुमिताले बधाई मन्तव्य राखेका थिए ।
दिपा लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन चन्द्रकलाले गरेकी थिइन् भने मिनाले स्वागत मन्तव्य राखेका थिइन् ।