वैज्ञानिक समाजवाद स्थापना गरे मात्र जनताको मुक्ती सम्भव
![](https://janakhabar.com/wp-content/uploads/2023/04/sab.jpg)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विवेक सिले दलाल पुजिवादी सत्ता फालेर वैज्ञानिक समाजवाद स्थापना गरे मात्र जनताको मुक्ती हुने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत सोमबार अछामको साफेबगरमा आयोजित सामना जनसङ्गीत अभियानको बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिबेक सी ले सो कुरा बताएका हुन् ।
नेता बिबेक सी ले पटकपटक जनताले भोट दिएर मुठ्ठिभर दलालहरुका गाडी र उनिहरुका छोराछोरी पढ्ने क्याम्पसहरु फेरिए तर जनताको दैनिकी र जनजिवन नफेरिएकोले विकल्प खोज्नुपर्ने बताए । उनले देशमा MCC पास गरेर देशलाई युक्रेन को दिशातिर धकेलेको बताउँदै राष्ट्रको स्वाधीनता र जनाताको मुक्तिको निम्ति यो दलाल पुजीवादी व्यवस्थाका विरुद्ध एकचोटि अन्तिम लडाईं लड्नु पर्ने बताए ।
सोहि कार्यक्रममा त्यस्तै कवि तथा महिला नेतृ निभा शाहले महिलाहरुले लघुवित्तीय संस्थाबाट मुक्ति पाउनका लागि गाउँ गाउँबाट लघुवित्तिय संस्थाहरुका विरुद्ध बोल्नु पर्ने बताएकी हुन । महिला दिदीबहिनीहरु नेपालि नागरिक भएर पनि अनागरिक सरह बाच्नु पर्ने बाध्यता रहेको भन्दै नेपालका नेताहरूको जति अधिकार छ त्यतिकै अधिकार महिला, किसान, मजदुर र आम जनताको रहेको बताउदै महिलाहरुले पनि आफ्नो मुक्तिको निम्ति समाजवादी आन्दोलनमा सहभागी हुनुपर्ने बताइन् ।
नेपाल कम्युनिस्ट पार्टीका पश्चिम अछाम जिल्ला सचीव निरक सिले लघुवित्तिय संस्थाहरुले जनताहरुलाई निकै पिँडा दिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको र सम्पूर्ण वित्तीय संस्थाहरुलाई एकहप्ताभित्र किस्ता तथा सावा असुल गर्ने निर्णय खारेज गर्नुपर्ने बाताउदै यदि त्यो निर्णय नमानेको अवस्थामा पार्टीले संघर्ष गर्ने र जनताहरुलाई संघर्षमा सहभागी हुन समेत आह्वान गरेकाछन् । किसान लघुवित्तिय माइक्रो फाइनान्सलाई एकहप्ताभित्र अछाम छोड्नसमेत चुनौती दिएका थिए ।किस्ता तथा व्याज असुल गर्न आठ नौ जना मानिसहरु कसैको घरमा जादा भित्र महिला दिदिबहिनीहरु आत्माहत्या गरेको लास भेटिने अवस्था रहेको भन्दै देश अहिले आर्थिक संकटमा रहेकोले कुनै पनि लघुवित्त तथा बैकहरुलाई किस्ता नलिन चेतावनी दिएका छन ।यदि जनतालाई मारमा पारि कुनै पनि बैंक तथा लघुवित्तले किस्ता तथा व्याज लिएमा नेपाल कम्युनिस्ट पार्टीले कार्वाही गर्ने बताउँदै ब्याजदर एक अंकमा नझारेसम्म आन्दोलन नरोकिने बताए ।
सामना जनसङ्गीत अभियानका कमाण्डर तथा नेकपा केन्द्रिय सदस्य आरोह सि को नेतृत्वमा रहेको कलाकारहरुको टिमले वृहत् सास्कृतिक कार्यक्रम तमाम साफेबगर बासी र जिल्ला बासी जनताहरुको बिचमा सम्पन्न गरेको थियो । कार्यक्रममा बिभिन्न खालका चेतनामूलक नृत्यहरु तथा क्यारिकेचरसमेत प्रस्तुत गरेका थिए ।
त्यस्तै एकिकृत जनक्रान्तिको यात्रामा समाजवाद ल्याउने उदेश्यका साथ पाच जनाले पार्टी प्रवेश गरेका छन् जसमा सुरेन्द्र शाह नेपाली काग्रेस परित्याग ,गणेश परिवार , विजय साउद रामारोश्नन गाउपालिका र एकेन्द्र भुल मेल्लेख गाँउपालिका कार्यक्रममा व्यापारी ,समाजसेवी,पत्रकार ,सुरक्षाकर्मि र तमाम जनसमुदायहरूको उपस्थिति रहेको थियो । साथै साँफेबगर बजारमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति पश्चिम अछामको कार्यालय उद्घाटन नेकपाका केन्द्रिय सदस्य विवेक सि ले वोर्ड टासेर र पार्टीको झण्डा गडेर उद्घाटन गरेका थिए । “नेपाल कम्युनिष्ट पार्टी , दुःख र सुखमा जनताको साथी ” भन्ने नाराका साथ सुझाव तथा जनउजुरी पेटिका जनताको सहजताका लागि जिल्ला पार्टी कार्यालयमा राखेको छ। – खेमराज बुढा