‘राजनीतिक एकता बिद्यमान ब्यबस्था फेर्ने सर्तमा हुनुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ले राजनीतिक एकता बिद्यमान ब्यबस्था फेर्ने सर्तमा हुनुपर्ने बताएका छन। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको दाेस्राे साधारण सभालाई काेटबाडाकाे सुनथराली विमानस्थलमा मंगलबार सम्बाेधन गर्दै नेता भरत सी ले सो कुरा बताएका हुन । उनले माओवादी एकता वा जुनसुकै राजनीतिक एकता वा निकास बिद्यमान ब्यबस्था फेर्ने सर्तमा हुनुपर्नेमा र पछिल्लो कृ्ष्णबहादुर महराको अभिव्यक्तिले त्यो संकेत गरेको बताए ।
नेता भरत सी लेआफू केन्द्रित बाठो राजनीतिले देश परनिर्भर बनाएको बताउदै भने – “जनताको व्यवस्थाकाे लागि लाटो राजनीति नै सही छ । यसलाई स्थापित गरिनुपर्छ । मेरो विचारमा जनताले जहिले सुख पाउछ, नेताले पनि पाउने हाे र पाउनुपर्छ । मलाई जनताले लाटो भन्छन् किनकि म भन्दा धेरै जुनियरहरू धेरै पटक मन्त्री भए ।”
उनले समाज विकासको पहिलो आधार ज्ञान भएको र ज्ञानकाे माैलिक विकास गर्नुपर्ने आवश्यकता भएको भन्दै विदेशी लेखक तथा अनुसन्धान कर्तामा आधारित ज्ञानलाई सल्ट्याउनु पर्ने बताए ।उनले याेगी नरहरीनाथले दिएको ज्ञान पनि समाज विकासका लागि महत्त्वपूर्ण भएको भन्दै कार्यक्रमले त्याे दिशामा सहयोग गर्ने विश्वास ब्यक्त गरे।
नेता भरत सीले अहिलेकाे व्यवस्था जनताको व्यवस्था नभएको ठाेकुवा गर्दै जनताको व्यवस्थाकाे लागि एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादी व्यवस्थामा जानुपर्ने विचार ब्यक्त गरे ।
उनले आजको राजनीति मैले के पाए वा के पाउछु ? मा केन्द्रित भएको भन्दै जनताले के पाए वा के पाउछ ? भन्ने विषय प्रायः बिर्सिएको बताउदै भने – “प्रमुख अतिथि हुने चिन्ता ? कस्को पछि कस्को नाम आउँछ भन्ने चासो ? मानसम्मानको अस्वस्थ्य कति धेरै केजिको फुलमाला लगाउने भन्ने- प्रतिस्पर्धा, म कसरी बन्ने र सुरक्षित हुने भन्नेमा चिन्तन गर्छौ । सबैभन्दा ठुला फुलमालामा सन्तुष्ट भएर बस्छौ । यसले हाम्रो बिकास पछि परेको छ । चे ग्योभाराले संयुक्त रास्ट्रको महासभामा बोल्दा क्युवाको क्रान्ति सम्झे झै म यहाँ आएर बोल्दा हाम्रो विगतको क्रान्ति सम्झिरहेछु यो बेला आयोजक पत्रकार संगठन व्यवस्थापक गाउँपालिकालाई धन्यवाद दिन चाहान्छु । सबै जनता, सहिद, सहिद परिवार, घाइते अपांग र बेपत्तालाई सम्झिन चाहान्छु । हिजो मात्रै दुर्घटनामा मृत्यु हुने प्रती श्रद्धाञ्जली र घाइतेको स्वास्थ लाभको कामना गर्दछु र यो साधारणसभा भव्य सफलताको शुभकामना दिन चाहान्छु ।”
उनले काेटबाडाकाे विमानस्थलमा जहाज आउनु मात्र ठुलो कुरा नभएको भन्दै जहाज चढ्ने क्षमता बनाउन उत्पादनमा जाेड दिनुपर्ने बताए ।
नेता भरत सीले पत्रकार र लेखकले बाच्नका लागि लेख्नुपर्छ तर कमाउनका लागी लेख्नु हुन्न भन्ने सुझाव समेत दिए । उनले भने “युवाहरू आफ्नो देश तथा गाउँमा नै बस्नुपर्छ । आजको समस्या समाधान गर्न सबैको एकीकृत प्रयास जरुरी छ जसलाई हामी एकीकृत जनक्रान्ति भन्छौ ।”