नेकपा बहुमतका नेता नेकपामा समाहित

२०७९ चैत्र २२ गते, बुधबार


काठमाडौं । नेकपा बहुमत उदयपुरका नेता अगम मगर सो पार्टी परित्याग गरी नेकपामा समाहित भएका छन् । त्रीयुगा नगरपालिका-१४ बस्ने अगम मगरले बुधबार प्रेस बिज्ञप्ती जारी गरी नेकपामा समाहित भएका हुन् ।
नेता अगम मगरले नेकपा बहुमत परित्याग गरेको बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जिल्ला कमिटी सदस्यमा रहेर केही समय काम गरे तर उक्त पार्टीको कार्ययोजना सहि नभएको , योजना बेगर नै आफ्नो मनोमानी तरिकासाथ लागेको , नेपाल कम्युनिस्ट पार्टी भन्दा कुनै दस्तावेज फरक नभएको र मलाइ उक्त पार्टीको कामप्रती चित्त नबुझेकाले नेकपा बहुमत परित्याग गरि बहुमतको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिदै पुनः नेपाल कम्युनिस्ट पार्टीमा फर्किएको बिज्ञप्ती मार्फत जानकारी गराउदै सम्पुर्ण साथिहरुलाइ नेपाल कम्युनिस्ट पार्टीमा फर्किन हार्दिक अनुरोध गर्दछु।’

यसैबीच, अगम मगर को संयोजकत्वमा त्रियुगा नगरपालिका वार्ड न १४ भैसेट्याम्केमा २२ जना टोल कमिटी गठन गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार