बैंकको ब्याजदर १ अंकमा कायम गर

२०७९ चैत्र २५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका सेक्रेटरी जित सी ले बैंकको ब्याजदरलाई १ अंकमा कायम गर्न सरकारलाई आग्रह गरेका छन । शुक्रबार देशभक्त समाजवादी माेर्चा नेपालले सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन् ।
सेक्रेटरी जित सी ले सरकारले व्यवसायीलाई मार पर्नेगरि बैंकले बढाएको चर्को ब्याजदरलाई १ अंकमा कायम गर्नुपर्ने , सुदखाेरले चलाएको लघुवित खारेज गर्नुपर्ने, मिटरब्याजीलाई कार्वाही गर्नुपर्ने ,उपभोक्तालाई मारपर्ने गरि बढदाे महङ्गी र कालाेबजारी नियन्त्रण गर्न राज्यले समयमा नै ध्यान दिन जरुरी रहेको बताए।
उक्त कार्यक्रमलाई समाजवादी मोर्चाको तर्फबाट दयाबिरले सम्बोधन गर्दै मिटरव्याज बिरुदको संघर्ष थप शसक्त बनाउने बताएका थिए भने कार्यक्रममा समाजवादी देशभक्त मोर्चामा आबद्ध आम नागरिक , व्यवसायी ,पत्रकार ,बुद्धिजीवी, समाजसेवी , सुरक्षाकर्मी लगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]