कामपाका मेयर बालेनद्वारा सिंहदरबारको फोहोर नउठाउने घोषणा

२०७९ चैत्र २५ गते, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आजबाट सिंहदरबारको फोहोर नउठाउने बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठाउने बताएका हुन् । उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ – ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
यसैगरी , मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै भारत र चीनले बनाएको सरकार भएको टिप्पणी गर्दै कुनै प्रकारको इजत नगर्ने बताएका हुन् । त्यस्तै उनले नेपाल स्वाधिन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन भन्दै खुलमखुल्ला प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘इन्डिया र चीनले बनाएको सरकारको कुनै इजत गर्दिन म । नेपाल कहिले स्वाधिन हुने ? आफ्नो अस्थित्व कहिले बनाउने ? लाज लाग्दैन ?’
प्रमुख शाहको यो घोषणालाई गृहमन्त्रालयले सुकुम्बासी बस्ती हटाउन असहयोग गरेको विषयगँग जोडिएको अनुमान गर्न सकिन्छ । किनकी शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा केन्द्र सरकारबाट महानगरलाई असहयोग गरेको थियो ।
यसैको बदलास्वरुप उनले यसखालका अभिव्यक्ति दिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]