एकीकृत समाजवादी अछामका नेता भण्डारी नेकपामा समाहित

२०७९ चैत्र २६ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला समिति अछामका सचिवालय सदस्य लोक बहादुर भन्डारी नेकपामा समाहित भएका छन। शनिबार कमलबजारमा आयोजित एक कार्यक्रम भण्डारीले एकिकृत समाजवादी पाटीलाई परित्याग गरी नेकपामा प्रवेश गरेका हुुन ।
नवप्रबेशि भण्डारीलाई नेकपा केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सी,युवा संगठन नेपालका सेती ब्युरो संयोजक सुशिल सीले टिका सहित खाँदा ओढाएर पार्टीमा स्वागत गरेका छन ।
पार्टीमा प्रबेश गरिसके पश्चात बोल्दै भण्डारीले जनता र राष्टको पक्षमा नेपाल कम्युनिस्ट पार्टीले आफनो आवाज उठाइरहेको भन्दै आफु पनि उक्त सिद्धान्तमा समाहित भएको बताए । आगामी दिनमा पार्टीको सिद्धान्तमा रही जनपक्षीय काम गर्ने भण्डारीले प्रतिबद्धता समेत जनाएका छन।

प्रतिक्रियाहरु

[anycomment]