‘बिशाल आगोको ज्वाला बनेर निस्कन पर्छ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टिका पोलिटब्युरो सदस्य तथा जनसाँस्कृति महासंघका केन्द्रीय अध्यक्ष माईला सी ले अब नेपालमा बिशाल आगोको ज्वाला बनेर निस्किनु पर्ने बताएका छन । शनिबार काठमाडौको कपुरधारास्थित पार्टी ब्युरो कार्यालयमा अखिल नेपाल जनसाँस्कृति महासंघको उपत्यका ब्युरोले आयोजना गरेको प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन
उनले नेपाली जनताको नजरबाट गिरी सकेको दलाल पुजिबादी ब्यबस्थाले नेपालि जनतालाई महंगी भ्रष्टाचार दलाली अनियमिततासँगसँगै पछिल्लो चरण जनतामा जनआतंकको रुपमा बिकास भएको बित्तीय आतंक र मिटरब्यजिहरुको बिगबिगीले यो ब्यबस्थादेखि जनतामा बितृष्णा पैदा भएको छ भने यो समयमा पार्टी र जनबर्गिय सँगठनले जनभावना अनुरुप कार्यक्रमको बिकास गरेर आगोको ज्वाला बनेर निस्किनु पर्ने बताए ।
प्रतिबद्ध सी को अध्यक्ष तथा सञचालनमा सम्पन्न उक्त भेलाका प्रमुख अतिथि माईला सी र अतिथिमा पार्टी ब्युरो ईन्चार्ज कृति सी, महासंघका केन्द्रिय महासचिव कुसल सी लगायतको उपस्थिति रहेको थियो । उक्त भेलाले प्रतिबद्ध सी को संयोजकतो मा १७ सदस्यीय जनसाँकृति महासंघको ब्युरो आयोजक कमिटीसमेत गठन गरेकोछ ।-हिमचुली सी