समाजवादी गणतान्त्रिक मञ्चद्वारा केन्द्रिय सदस्य कटुवालको सदस्यता खारेज

२०७९ चैत्र २७ गते, सोमबार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी गणतान्त्रिक मञ्चका केन्द्रिय सदस्य दिपक कटुवाल निलम्बित भएका छन।संगठनको अनुशासन विपरीत काम गरेको भन्दै कटुवाललाई निलम्बन गरेको मञ्चका अध्यक्ष रत्न मगर विज्ञप्तीमार्फत जानकारी दिएका हुन।
यस बिषयमा समाजवादी गणतान्त्रिक मञ्चका अध्यक्ष रत्न मगरले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘उपर्युक्त सम्बन्धमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध रहेको समाजवादी गणतान्त्रिक मञ्चले लामो समयदेखि देश र जनताको मुक्तिका निम्ति हरेक संघर्ष गर्दै आएको कुरा सर्वविवितै छ ।
त्यसै संगठनका डि.सी.यम. गणतान्त्रिक मञ्चका केन्द्रिय सदस्य दिपक कटुवालले पार्टी संगठन नेतृत्वलाई विभिन्न कपोकल्पित आक्षेप लगाएको र सामाजिक सञ्जालमा नेतृत्वप्रति बिभिन्न झुटो आरोप लगाएको र बैठकमा आत्माआलोचित गर्दा समेत पटक-पटक सचेत गराउँदा पनि अटेर गरेर पार्टी संगठन विरुद्ध गम्भीर गतिविधि र भ्रम सिर्जना गरेको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाआकर्षण भएको छ ।
केन्द्रिय पदाधिकारीको बैठकद्धारा गणतान्त्रिक मञ्चको केन्द्रिय सदस्य डि.सी.यम. समेत रहनु भएका दिपक कटुवाललाई पार्टी र संगठनमा आजको मितिबाट साधारण सदस्य समेत नरहने गरी निलम्बित गरिएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]