जसपा बाराका अध्यक्ष पटेल जेल चलान
२०७९ चैत्र २७ गते, सोमबार
काठमाडौं । जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । आइतबार भएको थुनछेक बहस पछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो । राउतमाथि बाराको परवानीपुरमा रहेको जग्गा कीर्ते गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । पटेलले बाराको परवानिपुर गाउँपालिका–६ मा रहेको १० बिगाह १५ कठ्ठा जग्गामा किर्ते कागज बनाई मोही खडा गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो ।