तातोपानी नाका बन्द !

काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको छ । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’
यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो।
यता, नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ‘रात्रि बजार’का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गरिन लागिएको हो। राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रीकालिन बजारका लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने छ। सो बारेमा जानकारी दिँदै नगर प्रमुख सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो। उहाँका अनुसार वीरगञ्जलाई दीर्घकालीन रुपमा रात्री बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने वारेमा रात्रीकालिन बजारले मार्गचित्र दिनेछ।