‘गिरफ्तार नेतालाई तत्काल रिहा गर’

२०७९ चैत्र २८ गते, मंगलवार

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले महासंघका केन्द्रीय सदस्य लालबहादुर तामाङ,अस्सिम किरण महर्जन, दिनेश नेपाल, सुनिल थिङलाई विना कारण गिरफ्तार गरि झुट्टा मुद्दामा फसाउने काम गरेको भन्दै उनीहरुलाई तत्काल बिनासर्त सरसम्मान रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष श्याम सी ले विज्ञप्तिमार्फत माग गरेका हुन् । उनले राज्यले जेलनेल र हिरासतको कल्पना गरे त्यो प्रतिउतपादक हुनेसमेत चेतावनी दिएका छन् ।
उनले मजदुर हकहितका लागि क्रान्तिमा अहोरात्र र अनवरत भूमिकामा रहेको सँगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ विगत तीन महिनदेखि अभियानको क्रममा रहेकोले संगठन सम्बन्धि कामको सिलसिलामा खटिएका कार्यकर्तालाई प्रचण्ड सरकारको गृहप्रशासनले विना कारण धरपकड गरेको ठोकुवा गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु