नेकपा इलामद्वारा श्रीअन्तुको ठेक्का बदर गर्न माग

२०७९ चैत्र २९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी इलामले सुर्योदय नगरपालिकाले पर्यटकिय स्थल श्रीअन्तुको प्रवेश शुल्कलगायतको आयश्रोत कब्जा गरेको भन्दै बिरोध जनाएको छ। नेकपा इलामका इन्चार्ज मौसम र सचिब नवराजले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नगरपालिकाको निर्णयको बिरोध जनाएका हुन् ।
इन्चार्ज मौसम र सचिब नवराजले श्रीअन्तु डांडा पर्यटन सामुदायिक बन उपभोक्ता समुहको बन क्षेत्रभित्र २०७२ मा मेची पहाडी पर्यटन प्रवर्द्धन समितीमार्फत लगानी भै निर्माण भएको भ्यु टावर बन उपभोक्ता समूहसंग कुनै समन्व नगरी एकलौटी रुपमा ठेक्का लगाएर आयश्रोत कब्जा गर्नु सामुदायिक बनको कार्ययोजना र नियमावली बिपरित रहेको बताएका छन ।
उनीहरुद्वारा जारी बिज्ञप्तिमा उपभोक्ताहरुको अधिकार कटौती गरि एकलौटी श्रोत कब्जा गरेको सुर्योदय नगरपालिकाले तत्काल ठेक्का बदर गरि उपभोक्ता समितिलाई नै फिर्ता गर्न अनुरोध गर्दै उक्त अनुरोधलाई बेवास्ता गरे अबैधानिक तरिकाबाट उठाइंदै आएको अन्तु प्रवेश शुल्कमै रोक लगाउने उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]