नेकपा कालिकोटका सदस्य दाेभान र प्रकाश रिहा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटका जिल्ला कमिटी सदस्य दुर्ग बहादुर बाेहाेरा (दाेभान) र युवा संगठन जाजरकोटका पदम पुन (प्रकाश) कालिकाेटबाट रिहा भएका छन । नरहरिनाथ गाउँपालिका ८ का दुर्ग बहादुर बाेहाेरा (दाेभान) र भेरि नगरपालिका २ का पदम पुन (प्रकाश) कालिकोट जिल्ला अदालतले बुधबार रिहा गर्न आदेश दिएपछि दुवैजना रिहा भएका हुन ।दलाल संसदीय व्यवस्थाको सरकारले २०७७ साल पाैष १९ गते कालिकोटकाे नरहरिनाथ गाउँपालिका ९ मा रहेको दाेभानकाे आफ्नै घरमा बसिरहेको अवस्थामा दुवैजनालाई गिरफ्तार गरेको थियो । उनीहरूलाई गिरफ्तार पछि प्रहरीेले आफै वम, विष्फोटक पदार्थ राखिदिएर विष्फोट सामान वरामद गरेको भन्दै झुट्टाे रिपोर्ट बनाई कालिकोट जिल्ला अदालतमा मुद्धा दाहेर गरेको थियो । २५ दिनको हिरासत बसाइँ पछि जिल्ला अदालत कालिकोटले दुवैजनालाई पूर्पक्षेको लागि कारागार चलान गरेको थियो ।
२०७७ सालको फाल्गुन २१ गते नेकपा र सरकार विच ३ वुदे सहमति भए पनि दाेभान र प्रकाशले कानुनी प्रक्रिया पुरा गरेर छुटेका छन ।उनीहरूको रिहा भए लगत्तै कर्णाली माेक्ति माेर्चा नेपालका संयोजक विराट सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, कालिकोट जिल्ला इन्चार्ज बलवान् सी, जिल्ला सेक्रेटरी शाहसी सी, रमेश सी, प्रभात स्मृति जनसाँस्कृतिक परिवार लगायत नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए । रिहा पछि आफ्नो गाउँ पुगेका दाेभान र प्रकाशलाई सहिद स्मृति गाउँ कमिटीले पनि बिहीबार बाजागाजा सहित भब्य कार्यक्रम गरि फुल माला अविरले स्वागत गरेको छ । उनीहरू आजको मिति सम्म २ वर्ष ३ महिना १० दिन दलाल प्रतिक्रियावादी सत्ताको जेलमा वसी रिहा भएका हुन ।