नेकपा पाँचथरद्वारा दोश्रो चरणको आन्दोलनको घोषणा

२०८० बैशाख १ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । सो पार्टीका पाँचथर इञ्चार्ज सन्तोष सि र सेक्रेटरी हुकुम सि ले बिज्ञप्ति जारी गर्दै बैशाख २ गते शनिबारबाट दोस्रो चरणको आन्दोलन थाल्ने र लघुवित्त संस्था र कर्मचारीलाई कारबाही गर्ने घोषणा गरेका छन ।
बिज्ञप्तिमा वित्तीय संस्थाहरुले किस्ता उठाउने वहानामा गाउँ गाउँमा गएर ऋणिलाई अपमानजनक व्यवहार गरेको पाइए उनीहरुलाई पीडितको रोहवरमा कारबाही गर्ने बताइएको छ ।
त्यसैगरी विज्ञप्तिमार्फत संघर्षको कार्यक्रमलाई वेवास्ता गरिए वा गाउँ गाउँमा ऋणिहरुलाई मानसिक तनाब दिइ विछिप्त पारेमा सम्पुर्ण लघुवित्तिय संस्थालाई नेकपाले कालो सूचीमा राखि जनताको सहभागितामा तालावन्दी गरिने जनाएको छ । पहिलो चरणको आन्दोलनलाई राज्यपक्षले वेवास्ता गरेको र देशभरि आगामी पाँच गतेबाट आन्दोलन सुरु गरिने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]