जनमत पार्टी सरकारमा जाने सम्भावना समाप्त

२०८० बैशाख २ गते, शनिबार


काठमाडौं । जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । सरकारलाई सर्मथन गरेर सरकारमा सहभागी भएको जनमतले मन्त्रालयमा चित्त नबुझेपछि सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा फर्काउन प्रयासरत भएपनि कांग्रेसलाई थप मन्त्रालय दिनुपर्ने भएपछि सरकारमा आउने जनमतको सम्भावना सकिएको हो । जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालयमा कांग्रेसले मन्त्री पठाउने छ । जनमत पार्टीले पनि विकाससँग सम्बन्धित मन्त्रालय पाए मात्र सरकारमा जाने बताउँदै आएको थियो । जनमतले माग गर्दै आएको उद्योग मन्त्रालयमा कांग्रेसका रमेश रिजाल मन्त्री बनेका छन भने जनमतको अर्को रोजाईको मन्त्रालय कृषिमा एकिकृत समाजवादीका बेदुराम भुषाल मन्त्री छन ।
हाल प्रधानमन्त्री प्रचण्डसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । तीमध्ये वन मन्त्रालय जनता समाजवादी पार्टीको भागमा परेको छ भने बाँकी पाँच मन्त्रालय कांग्रेसले लिने सहमति भइसकेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]