जनपत्रिका मासिक लोकार्पण हुँदै

२०८० बैशाख ४ गते, सोमबार

काठमाडौँ । जनप्रचार तथा प्रकाशन बिभाग प्रा लि ले वैसाख ६ गते ‘देशको राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र सञ्चारको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। मुलुकको समसामयिक स्थिति , निकासको बाटो र मर्यादित सञ्चार माध्यमको खाचोका बिषयमा छलफल गर्ने उदेश्यले अन्तर्कृया हुन लागेको हो। रामशाहपथस्थित नेपाल बार एशोसियसनको कार्यालयमा हुने सो कार्यक्रममा नेकपाका महासचिव विप्लव सीले ”जनपत्रिका मासिक’ लोकार्पण गर्ने कार्यक्रम समेत रहेको छ। अन्तर्कृयामा वरिष्ठ पत्रकार तारानाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल , पत्रकार विष्णु निष्ठुरी र पत्रकार किशोर श्रेष्ठले धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]