नेकपाका महासचिव विप्लव सीद्वारा जिवलाल गिरीको निधनप्रति शोक व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले केन्द्रिय प्रतिनिधि समिति सदस्य प्रसिद्धका ७९ बर्षिय बुवा जिवलाल गिरीको निधनप्रति शोक व्यक्त गरेका छन । महासचिव विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै निधन भएका गिरीको निधनप्रति श्रद्धाञ्जली सहित आन्दोलनमा उनले पुर्याएको योगदानको सम्मान र स्मरण गर्ने बताएका हुन।
बिज्ञप्तिमा महासचिव विप्लवले नेकपा केन्द्रिय प्रतिनिधी समिति सदस्य प्रसिद्ध र उहाँको परिवार एवम् आफन्तहरुप्रति समवेदना सहित जिवलाल गिरिको निधनले पार्टीलाई दुखित र मर्माहत बनाएको उल्लेख गरेका छन।