नेकपाका महासचिव विप्लवद्वारा कमानसिं भुजेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त

२०८० बैशाख ८ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपाकी स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनका इञ्चार्ज सिलु सीका बुवा कमानसिं भुजेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले आज शाेक वक्तव्य जारी गरी कम्युनिष्ट पार्टीका सहयोगी आदरणीय बुवाप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
महासचिव विप्लव सी द्वारा जारी शाेक वक्तव्यमा भनिएको छ – ‘ऐतिहासिक जिल्ला गोर्खाको अजितकोट गाउँपालिका ३ भच्चेकमा किसान परिवारमा जन्मिनु भएका बुबाले लामो समय देखि कम्युनिस्ट पार्टीको सदस्यमा काम गर्नु भयो । साथै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन विशेषतः जनयुद्धलाई सम्पूर्ण खाले सहयोग गर्दै आउनु भयो । सम्पूर्ण परिवार नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा संगठित हुनु भयो । उहाँका सात सन्तान मध्य कमरेड सिलु जो हाम्रा पार्टीको स्थायी समिति सदस्य तथा चर्चित गोरखा जेल ब्रेक(जेल तोड्ने)का योजनाकार एवं कमाण्डर हुनुहुन्छ । अन्य दुइ छोरा र चार छोरीहरु पनि क्रान्ति र परिवर्तनका पक्षमा संघर्ष गर्दै आउनु भएको छ । यसरी हेर्दा उहाँ क्रान्तिकारीहरुका एक प्रेणादायी अविभावक एवं बुबा हुनुहुन्छ । उहाँप्रति सगौरब सम्मान पनि व्यक्त गर्दछौं । अन्तमा यो शोकको घडीमा फेरी पनि कमरेड सिलु लगायत परिवारजनप्रति दुःख साट्दै समवेदना व्यक्त गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]