‘जातिय विभेदको अन्यको लागि सी जातिको विकास’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीले जातिय विभेदको विषयमा नेपाल कम्युनिस्ट पार्टीले सी जाती विकास गरेको बताए । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय केन्द्रीय विभागले कपिलवस्तुमा आयोजना गरेको परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन्। नेता संजिवले बिश्वमा धेरै जातीय विभेदले अकालमा ज्यान फालिरहेको भन्दै यसको विषयमा नेपाल कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक जातिय विभेदको अन्यको लागि सी जातिको विकास गरेको बताए ।
सोही कार्यक्रमा बोल्दै श्रमिक समुदायका अध्यक्ष रामलाल सीले सी जाती साम्यवादी जाती भएको बताएका छन। उनले नेपालमा जातीय छुवाछूतको अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टीले ९ औं महाधिवेशनबाट सी जातिलाई रुपान्तरण गरेको बताउदै सी जाति बनाएको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा श्रमिक समुदाय विभागको प्रमुख सन्ध्या सीकाे अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युरो सदस्य तथा कार्यलय सचिव विजय सी रहेका थिए भने विशेष अतिथि श्रमिक समुदायको केन्द्रीय अध्यक्ष रामलाल सी, अतिथिहरु पार्टीका पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सी, पार्टीका केन्द्रीय सदस्य ध्रुव सी, पूर्व कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सी, पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी, मंगल सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य क्रान्ति, सहिद परिवारबाट भेग बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा अध्यक्ष सन्ध्याले अवधारणापत्र वाचन गरेकी थिइन् भने स्वागत मन्तव्य केन्द्रीय प्रतिनिधि सदस्य सुस्मा सीले राखेकी थिइन् ।