नेकपा पूर्वी दाङले व्यवसायीको पक्षमा संघर्ष गर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले व्यवसायीको पक्षमा संघर्ष गर्ने बताएको छ । सो पार्टीको मंगलबार सम्पन्न आवधिक योजनागत बैठकले सो निर्णय गरेको बताइएको छ । उक्त बैठकले व्यवसायीहरुको सटर भाडादर घटाउन आन्दोलन गर्ने र त्यसका लागि व्यवसयीहरुको बैशाख १३ गतेदेखि १५ गतेसम्म तथ्यांक संकलन गरी विश्लेषण गर्ने र १९ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ, भने २४ गते ज्ञापनपत्र बुझाउने, २६ बिरोध र्याली गर्ने, २७ गते १ गते सटर बन्द गर्न लगाउने, २८ गते बिरोध सभा गर्ने, ३१ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, जेठ ३ गतेदेखि निरन्तर घोराही उपमहानगरपालिका धर्ना दिने निर्णय गरेको हो । तथ्यांक संकलनका लागि सात वटा टिमको क्षेत्र विभागजन गरिएको बताइएको छ ।त्यस्तै बैठकले राजनीति वैचारिक तथा संगठनतर्फ महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले प्रत्येक वडामा वडा कमिटी बनाउने, बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने, बैशाख २३ गते महिलाको भेला गर्ने, २५ गते युवाको सम्मेलन गर्ने , पार्टी सदस्यको विवरण तयार पार्ने लगायतको निर्णयहरु गरेको हो ।