नेकपा उदयपुरका पूर्वइन्चार्ज सुवेदी र बस्नेत रिहा

२०८० बैशाख १४ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् उदयपुरका पुर्व जिल्ला इन्चार्ज बाबुराम सुवेदी र जिल्ला समिति सदस्य रत्न बहादुर बस्नेत रिहा भएका छन।नेपाल कम्युनिस्ट पार्टीलाई तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएको बेला उनिहरुलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएको थियो। मङ्गलबार जिल्ला अदालत भोजपुरले नेता सुवेदी र बस्नेतलाई बिना कारण मुद्दा लगाईएको भन्दै सफाई दिएपछि उनिहरु सुनसरीबाट रिहा भएका हुन। उनिहरुलाई संगठित अपराध ,राज्य बिरुद्धको कसुर हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा चलाईएको थियो भने सरकार र नेकपाबिच तीन बुदे सहमति भएको दुई बर्ष बढी भैसक्दा समेत नेकपा सम्बद्द दर्जनौं नेताकार्यकर्ताहरु अझै जेल- हिरासतमा रहेका छन। – अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]