नेकपाका नेता अनिल सीद्वारा रेशम चौधरीसंग भेटघाट

२०८० बैशाख १४ गते, बिहीबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार एवम् प्रकाशन बिभाग इन्चार्ज अनिल सीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन।काठमाडौको डिल्लिबजारस्थित कारागारमा बिगत ६ बर्षदेखि जेलमा रहेका चौधरीको स्वास्थस्थिति बुझ्न र समसामयिक राजनीति स्थितिबारे छलफल गर्न नेता अनिलले भेटघाट गरेका हुन। बुधबार भएको सो भेटघाटमा नेता अनिल सीले रेशम चौधरीलगायत राजनीति आस्थाका आधारमा जेलमा रहेका नेताकार्यकर्ताहरु अबिलम्ब रिहाई हुनुपर्ने नेकपाको धारणा रहेको र यस बिषयमा सरकारसङ्ग कुराकानी समेत गरिरहेको बताएका थिए ।
त्यस्तै जेलमा रहेका चौधरीले देशका पुराना पार्टीहरुको औचित्य सकिएको, उनिहरुका नेताहरू भ्रष्ट र बिदेशी शक्तिकेन्द्रलाई रिझाउन र आफ्नो स्वार्थका लागि देशको दीर्घकालीन हितसङ्ग सौदाबाजी गरिरहेको , आफुलाई जेलमा राखेर सिङ्गो थारु समुदायमाथि अन्याय भएको र नेपाल कम्युनिस्ट पार्टी र यसका महासचिव विप्लवले आफ्ना एजेन्डा र आन्दोलनलाई निरन्तर अघि बढाउन सुझाव राखेका थिए।
डिल्लीबजार कारागारमा भएको भेटघाटमा अनिल सी, दर्शन सी, धनराज सी र कमल सीको समेत सहभागिता रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]