अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा विश्व साम्राज्यवादविरुद्ध संयुक्तरुपमा लड्न आग्रह

२०८० बैशाख १८ गते, सोमबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले संसारभर क्रियाशील रहँदै आएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई ‘साम्राज्यवाद विरोधी संयुक्त मोर्चा’ गठन गरेर विश्व साम्राज्यवादको विरुद्ध संयुक्त रुपमा लड्नका लागि एकताबध्द भएर अगाडि बढ्न अनुरोध गरेको छ । १३४ आौं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो अनुरोध गरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ –’आज २०२३ मे १ , १३४ आौं अन्तर्राष्ट्रिय मजदुर दिवस । आज संसारभरका श्रमिक मजदुरहरुले आफ्नो स्थापनाको १३४ आौं अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पुँजीवादी राज्य व्यवस्थाको चिहान खन्ने शक्तिको रुपमा रहेको आधुनिक श्रमिक मजदुरहरुको यस ऐतिहासिक १३४ आौं अन्तर्राष्ट्रिय मजदुर दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।
साथै यस ऐतिहासिक दिनको अवसर पारेर विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको विश्वभर स्थापित हाम्रो नेतृत्वदायी संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले संसारभर क्रियाशील रहँदै आएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई ” साम्राज्यवाद विरोधी संयुक्त मोर्चा ” गठन गरेर विश्व साम्राज्यवादको विरुद्ध संयुक्त रुपमा लड्नका लागि एकताबध्द भएर अगाडि बड्न हार्दिक अनुरोध गर्दछ । र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले चाल्ने विश्व साम्राज्यवाद विरोधी संयुक्त संघर्षको पक्षमा ऐक्यबद्धता प्रकट गर्ने र त्यसप्रति लेख्ने , बोल्ने र प्रचारप्रसारका साथै अन्य सरसहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गर्दछ । ‘

प्रतिक्रियाहरु

[anycomment]