वैज्ञानिक समाजवादका लागि सच्चा कम्युनिस्टबीच एकता आबश्यक

२०८० बैशाख १९ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले संसदीय व्यवस्था विरुद्ध वैज्ञानिक समाजवादका लागि सच्चा कम्युनिस्टहरुबिच एकता गर्न आबश्यक भएको बताएका छन् । राष्ट्रिय बामपन्थी मञ्चद्वारा सोमबार दाङ्ग्मा आयोजित ‘बामपन्थी एकता आजको आवश्यकता’ विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथी टिप्पणी गर्दै नेता शितलले सो कुरा बताएका हुन् । नेता शितल सी ले भने – ‘ नेपालमा बामपन्थी शक्तिहरुबिच एकता हुनुपर्छ तर संसदवादका लागि एकता होइन नया राज्यसत्ता प्राप्तिका लागि एकता आवश्यक हो । संसदीय व्यवस्था विरुद्ध वैज्ञानिक समाजवादका लागि सच्चा कम्युनिस्टहरुबिच एकता गरौँ त्यसका लागि हाम्रो पार्टी तयार रहन्छ।’

मुद्दा मिल्ने कम्युनिस्ट/बामपन्थी दलहरुसंग कार्यगत एकता र विचार मिल्ने संसदवाद बिरोधी शक्तिहरुसंग एकता गर्न आबश्यक रहेको उल्लेख गर्दै उनले भने – ‘हामिले हारेका एकताको कुरा गरेका होइनौं र हामी र हाम्रो पार्टीले हार्नेपनी छैन । हामी जनताको विचारको प्रतिनिधित्व गरिरहेका छौँ त्यसैले हामिले हार्ने कल्पना गर्दैनौं । अहिले देशमा चारैतिरबाट साम्राज्यवादीहरुले हमला गरिरहेका छन् त्यसलाई परास्त गर्न सच्चा बामपन्थी र कम्युनिस्टहरु एक हुन जरुरी रहेको छ । नेपालमा ७४ वर्षको कम्युनिस्ट आन्दोलनको इतिहासमा कम्युनिस्टहरुले पटकपटक जनसमर्थन पाएपनी संसदीय व्यवस्थामा केही गर्न नसकिने कुरा हजारौं पटक प्रमाणित भइसकेकाले यो असफल व्यवस्थाको विकल्पमा समाजवादमा जानुपर्छ ।’
एक अर्को प्रसंगमा बोल्दै नेता शितलले दस वर्षको जनयुद्धको इतिहास र पुजीलाई कसैले हमला गर्न खोजे पार्टीले प्रतिवाद गर्ने उद्घोष बताए ।
सोही , कार्यक्रममा बोल्दै बरिस्ठ अधिवक्ता एकराज भण्डारीले नेपालमा दलाल पुजीवादी एजेन्टहरुको राजनीतिक सत्ता रहेको ठोकुवा गरे ।
उनले भने – ‘नेपालमा सत्ता दलाल पुजीवादी एजेन्टहरुको छ । राजनीतिलाई दलाल पुजीवादीहरुले कमाइखाने भाडो बनाएका छन् । राजनीति पेशा होइन सेवा हो तर पुजीवादीहरुका लागि राजनीति अकुत सम्पत्ती कमाउने गज्जवको पेशा बनेको छ । अहिले संसदवादी दलका सबै नेताहरुले कालो धन थुपारेका छन् ।’


अधिवक्ता भण्डारीले प्रतिक्रियावादीहरुका विरुद्ध सच्चा कम्युनिस्टहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका हुन् । सडकमा रहेका केही जडसुत्रवादी कम्युनिस्टहरु र संसदीय व्यवस्थामा रहेका कम्युनिस्टहरु दुइवटै प्रवृतिका बिचबाट सच्चा कम्युनिस्टहरुले एकता गरेर क्रान्तिकारी धार निर्माण गर्दै क्रान्तिको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
यस्तै गोष्ठीमा टिप्पणी गर्दै नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य डिल्ली अधिकारीले युवाहरूमा उर्जा भर्ने क्षमता विप्लवमा रहेको टिप्पणी गरेका थिए । उनले भने – ‘ नेपालमा माओवादी धाराका ९ पार्टी रहेछन् त्यसमा युवामा उर्जा भर्ने क्षमता राख्ने विप्लव नै हुन् । अहिलेको मुख्य सत्रु दलाल पुजीवाद हो । यसका विरुद्ध सबै एकजुट हुनुपर्छ ।’
यस्तै गोष्ठीमा बोल्दै बामपन्थी व्यक्तित्व नन्दलाल वलीले सच्चा कम्युनिस्ट पार्टी विप्लवले नेतृत्व गरेको नेकपा भएकाले सबैलाइ एकताबद्द र गोलबन्द गर्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सुझाव दिएका थिए ।
उनले भने – ‘एमाले र माओवादीहरु कम्युनिस्टको खोल ओढेका मात्रै हुन् । सच्चा कम्युनिस्ट विप्लव हुन् । अब विप्लवले नै सबैलाइ मिलाएर क्रान्तिको नेतृत्व गर्नुपर्छ । क्रान्तिबाट मात्रै वैज्ञानिक समाजवाद सम्भव छ । अबको क्रान्तिको नेतृत्व नेपालका नौजवान युवाहरुले गर्नुपर्छ ।’
यस्तै ‘बामपंथी एकता आजको आवश्यकता विषयक गोष्ठी’मा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , पर्यावरणीय दिगो विकास केन्द्रका अध्यक्ष तथा बाम बुद्धिजीवी डिल्ली रावत , अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य मोहन वली लगाएतले टिप्पणी गरेका थिए भने गोष्ठीमा मञ्चका अध्यक्ष दिर्घप्रसाद पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रिय बामपन्थी मञ्चद्वारा आयोजित गोष्ठीमा नेकपाका केन्द्रीय सदस्य प्रदिप सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश वली , राप्ती पहिचान अनलाइनका संचालक यज्ञ बहादुर बुढा , रेडियो हाम्रो पहुँचका प्रतिनिधि मनोज कुमार आचार्यको लगायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय बामपन्थी मञ्च नेपालका केन्द्रीय सदस्य मंगल चौधरीको अध्यक्षता भएको गोष्ठिको सहजीकरण अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]