संघीय संसदको बजेट अधिवेशन भोलिदेखि

काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन भोलि आइतबारदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गरेका हुन् । राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बताए ।उनले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएकोसमेत बताएका छन ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा त्यसअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । यसअघि हिउँदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।