‘क्रान्तिकारी भूमिसुधार गर्न सके धेरै समस्याको समाधान हुन्छ’

२०८० बैशाख २४ गते, आईतवार


काठमाडौँ । राजनीतिक विश्लेषक हरि रोकाले क्रान्तिकारी भूमिसुधार गर्न सके धेरै समस्याको समाधान हुने बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ ब्युरोद्वारा काभ्रेको धुलीखेलस्थित काठमाडौ युनिभर्सिटीमा आयोजित ‘दलाल पुँजीवादी संसदिय ब्यबस्थाको असफलता, राष्ट्रिय सङ्कट, अग्रगामी निकास – वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालमा क्रान्तिकारी भूमिसुधार गर्न सके विद्यमान समस्याहरुको समाधान हुने बताएका हुन् ।
क्रान्तिकारी भूमिसुधार गर्छु भनेर धेरै नेताहरुले आन्दोलनको क्रममा भनेको भएपछि सत्तामा पुगेपछि भूमिसुधार गर्न नसकेको उनको भनाई थियो । ‘क्रान्तिकारी भूमिसुधार गर्छु भन्ने नेता सत्तामा पुगेपछि विर्सिन थाले ।’ उनले भने, ‘उनीहरुले नै भूमिलाई भूमाफिया र दलालहरुको हातमा सुम्पिए । अहिले आएर उनीहरुका सबै प्रयत्न फेल भए । कम्युनिस्ट नाम गरेका पनि पुरानै दलदलमा उठ्नै नसक्ने गरी फसे । उनीहरु नवउदरावादी अर्थ प्रणालीको कर्नरमा च्यापिन पुगे।’
नेकपाका महासचिव विप्लवले मात्र क्रान्तिकारी भूमिसुधार गर्नसक्ने भन्दै उनले यसका लागि जनताको विश्वास जित्न सक्नुपर्ने बताए । ‘एमाले माओवादी मर्ज भएपछि बनेको सरकारले ल्याएको भूमी सम्बन्धी कानुनमा ल्यान्ड बैंक भनेर आयो । यो उही भूमाफियाको हातमा जग्गाको जिम्मान दिन हो ।’, उनले भने, ‘प्रचण्डले गर्छु भनेका थिए । जनतामा भिनो आशा पनि थियो । उनी दलालीकरणको कित्तामा गएपछि क्रान्तिकारी भूमिसुधार गर्ने जिम्मा विप्लवको काँधमा आएको छ । उहाँको गर्नसक्नुहुन्छ ।’
गास, बास, कपाससँगै शिक्षा, स्वास्थ्य र रोजगारी पनि राज्यको दायित्वमा पर्ने भएकाले यसलाई व्यवस्थीत गर्न अहिलेको संयन्त्रले नसक्ने उनको भनाई थियो । ‘अहिले गास, वास, कपाससँगै शिक्षा, स्वास्थ, रोजगार पनि एकैसाथ आउँछ । स्वास्थ क्षेत्र राज्यले नियन्त्रण गरेर निजि क्षेत्रलाई छोडिदियो । उत्पादन मुखी कृषि प्रणालीमा चासो नगरेर भारतीय उत्पादनलाई प्रसय दियो ।’, उनले भने, ‘दलाल बिचौलीयाहरुलाई प्रसय दिदा सरकारले शिक्षामा नियन्त्रण गर्न सकेन र स्वास्थ्यलार्य नियन्त्रण गर्न सकन । स्वास्थ्य र शिक्षा निजि क्षेत्रको नियन्त्रणमा गयो । हाम्रो राजनीतिले यस्ता कुरामा ध्यान पुर्याएन । राज्यले सबै बजारलाई नै छाडिदियो । यसले बेथिती पैदा गर्यो । हाम्रा सबै क्षेत्र ब्यापारीहरुको नियन्त्रणमा गयो ।’

प्रतिक्रियाहरु

[anycomment]